लागुऔषधसहित एक युवक पक्राउ

काठमाडौं। कोटेश्वरबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित झोलुंगे पुलनजिकबाट एक युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कञ्चनपुरको महेनद्रनगर कृष्णपुर नगरपालिका-२ का २२ वर्षीय युवक छन्। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले पक्राउ परेका युवकको साथबाट ५ किलो पोलाइन्ड नामक लागूपदार्थ बरामद गरिएको जानकारी दिए।

ती युवकलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीको जिम्मा लगाएको पनि डिएसपी थाापाले जानकारी दिए।