जनताले देखेको समाजवादको सपना पूरा गर्नुपर्छ: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय रहेको बताएका छन्।

शनिबार १२ वर्षे रुद्रायणी मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले त्यसैको फलस्वरुप संविधानमार्फत सबै समुदायको अधिकार एक हदसम्म सुनिश्चित गरेको बताए।

देशको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्रै नभई नेवाः समुदायले देशको राजनीतिक परिवर्तनको लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आइरहेको इतिहास छ।

खासगरी १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय छ’ प्रचण्डले भने, ‘यही योगदानको फलस्वरुप हामीले संविधानमार्फत सबै जाति,क्षेत्र,लिंग,भाषी समुदायको अधिकार एक हदसम्म सुनिश्चित गरेका छौं। सुशासन,सामाजिक न्याय र समृद्धि हुँदै जनताले देखेको समाजवादको सपना पूरा अब गर्नुपर्ने उनले बताए।