ओली–प्रचण्ड भीडन्तले एमालेभित्रका पूर्वमाओवादीलाई उकुसमुकुस

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चर्को घोचपेच र मतभेद छताछुल्ल हुन थालेको छ।

सत्ता सहकार्य तोडिएसँगै माओवादी र एमाले आरोप–प्रत्यारोपमा मात्रै उभिएका छैनन, माओवादी युद्ध गलत थियो भन्न ओलीले झापा विद्रोहलाई पनि गलत भएको दाबी गरिदिएका छन्।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली विपक्षीमाथि हाबी हुन जस्तोसुकै कदम पनि चल्न सक्छन्। पार्टी सत्तामा होस वा राजकीय सत्ता नै किन नहोस, ओली आफ्ना विरोधी सिद्धाउन जस्तोसुकै कदम चाल्ने गर्छन्।

यसैको परिणाम माओवादीले गरेको १० वर्षे लामो युद्धलाई ओलीले हिंसाको संज्ञा दिन अथक प्रयत्न गर्न थालेका छन्।ओलीले माओवादी युद्धलाई हिंसा करार गर्न अहिले यतिसम्म गरेकी उनी आफै सहभागी झापा विद्रोहलाई नै पहिलो पटक गलत भएको जिकिर गरेका छन्।

ओलीले माओवादीले गरेको युद्ध जनयुद्ध नभएको र जन भन्ने शब्द आउने वित्तिकै सफलता प्राप्त हुनुपर्नेमा जोड दिएका छन्।ओलीले एक कार्यक्रममा बोल्दै माओवादी युद्ध जनयुद्ध नभएको र जनयुद्ध भए किन सफल भएन भन्दै प्रश्न गरेका छन् भने त्यसलाई हिंसा नै भनेका छन्।

यता, केहिदिन पहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेर जनयुद्धको अपमान गरेको र विस्तृत शान्ति सम्झौताको उल्लङघन गर्ने काम गरेको आरोप लगाउँदै प्रतिकार गर्न पार्टी पंक्तिलाई निर्देशन नै दिएका थिए।

प्रचण्डले यस्तो दाबी गर्दै गर्दा नेपाल बंगलादेश र श्रीलंकाको जस्तो बन्नसक्ने चेतावनी समेत दिदै आएका छन्। यस्तोमा ओलीले आक्रामक रुपमा प्रचण्डलाई आक्रोश व्यक्त गर्दै १७ हजार मान्छे नमारेको भन्दै असभ्य शैलीमा उत्रिने गरेका छन्।

हुनत, ओली र प्रचण्डबीचको यस्तो विवाद पहिलो भने होइन्। यद्यपी, यसअघि प्रचण्डले कांग्रेस छाड्दै एमालेसँग सत्ता सहकार्य गरेपछि प्रचण्ड र आफूलाई दाजुभाईको संज्ञा दिदै सत्ता गठबन्धन फेर्ने भूमिका दुईजनाको रहेको दाबी गरेका थिए भने नेकपा बनाउदै पार्टी एकता नै गरेका थिए ।

एमालेभित्रका माओवादीलाई उकुसमुकुस

तत्कालीन नेकपा विभाजनसँगै एमालेमै रहेका पुर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई एमालेमा उकुसमुकुस हुन थालेको छ ।

आफै सहभागी युद्धलाई एमाले पंक्तिले हिंसाको संज्ञा दिन थालेपछि त्यसको भागिदार आफूपनि हुनुपर्ने स्थिति छ । यस्तोमा उनीहरु न पार्टी छाड्न सक्छन्, न एमालेको आधिकारिक लाइनविपरित बोल्न नै सक्छन्।

एमालेभित्र उकुसमुकुसपछि मणि थापाले भने पार्टी छाडिसकेका छन्। हुनत, उनलाई ए्मालेले निष्काशन गरेको छ । तर, युद्धका कमाण्डरहरु बादल, लेखराज भट्ट जस्ता नेताहरुपार्टीमा भएर पनि एमालेभित्र रहेर माओवादी युद्धलाई हिंसाको रुपमा स्वीकार गर्नुपर्ने स्थितिमा छन् भने उनीहरुले औपचारिक फोरममा समेत बोल्न सक्ने स्थिति छैन्।