आजदेखि सेनाको कमान्ड सम्हाल्दै अशोकराज सिग्देल

काठमाडौं। प्रधानसेनाति अशोकराज सिग्देलले आजबाट नेपाली सेनाको कमान्ड सम्हाल्दै छन्। सैनिक सेवामा ४१ वर्ष बिताएका प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकासमा जाने भएपछि सिक्देलले ४५औं प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड सम्हाल्न लागेका हुन्।

शर्मा गत साउन २४ गतेदेखि नै बिदामा बसेका थिए। शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ गते सिग्देललाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त गरेका थिए।

राष्ट्रपति पौडेलबाट दज्र्यानी चिन्ह प्राप्त गरेर सिग्देलले आजदेखि नै प्रधानसेनापतिको कमान्ड सम्हाल्दै छन्। ३८ वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कूलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ।