विश्वकप लिग–२ नेपालको पहिलो खेल क्यानडासँग

फाइल तस्वीर

काठमाडौं। आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बर १६ देखि २४ तारिखसम्म क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले सेप्टेम्बर १६ तारिख क्यानडा, १८ तारिख ओमान, २२ तारिख क्यानडा र २४ तारिख ओमानसँग खेल्नेछ।

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो। सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ।

नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ। नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो। क्यानडा पनि नेपालले अमेरिकामा विश्वकप लिग–२ कै अर्को सिरिज खेल्नेछ।