क्रान्तिकारी कम्युनिस्ट पार्टी बिद्रोहीको प्रथम राष्ट्रिय भेला सम्पन्न

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बिद्रोहीको प्रथम राष्ट्रिय भेला आज काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (बिद्रोही)का प्रमुख नेता हरिकृष्ण गजुरेल र बसन्त बोगटीको सहभागिता रहेको थियो। पार्टी फुटाउनुको कारण बर्तमान राजनीतिक तथा समसामयिक बिषयमा प्रशिक्षण मुलक मन्तब्य राखेका थिए।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै नेता गजुरेलले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा रहेका नेता कार्यकर्ता आफुहरूले गठन गरेको बिद्रोही पार्टीमा आउन युवाहरू छलफलमा रहेकाले केही समयपछि धेरै नेता कार्यकर्ता आफुहरूले गठन गरेको पार्टीमा आउने दाबी गरेका छन्।

उनले भने बुढाहरूले क्रान्तिका गर्छौ भनेकै एकदशक भन्दा धेरै भयो तर पार्टी फुट्ने र बुढाहरूले क्रान्तिका कुरा मात्र गर्ने अवस्था सृजना भएपछि युवाहरूले हिक्मत गरेर क्रान्तिको नेतृत्व गर्न तयार भएर अगाडि बढेको बताए। र क्रान्ति गर्छौ भनेर हुने कुरा पनि होइन तर देशमा अप्ठ्यारो अवस्था आउँदा समेत जनताका आवाज बोल्न र विद्रोह गर्न सकेन भने त्यो पार्टी हुनु वा नहुनुमा कुनै औंचित्य नभएकाे नेता गजुरेलले भने।

अब युवाहरूले नै क्रान्ति गर्छन् र देशको नेतृत्व पनि युवाहरूले नै गर्ने बेला भएकाले त्यो समयको ख्याल गरेर युवाहरूले केही कदम अगाडि बढ्न बाध्य भएको बताए।

दलाल नेताहरूले राष्ट्रघाती मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाइ पास गरेर ठूलो भूल गरेकाे बताए। अब युवाहरूले राष्ट्रघातीहरूलाइ एकएक गरि जनकारबाही गरेर ठेगान लगाउने बेला भएकाले देशभक्त सम्पूर्ण युवाहरूलाइ देशको लागि अन्तिम लडाइँ लड्न तयार भएर बसन समेत आग्रह गरेका छन्।

त्यस्तै उनले भने पूर्व पार्टीमा धेरै छलफल बहस गरियाे कुनै निष्कर्ष नआएपछि युवाहरूले जनताकाे पार्टी बनाउन साहसका साथ बिद्राेह गरेरस पार्टी निर्माण गर्न सफल भएकाे बताए। 

राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षको बाटोमा अगाडि बढ्न सम्पूर्ण युवाहरूलाइ आग्रह गरेका छन्। राष्ट्रिय मुक्ति क्रान्तिको बारेमा भ्रम सृजना गरेर युवाहरूले आन्दोलनको झण्डा उठाएको देखेर बुर्जुवाहरू हतासिएको बताए। नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्दै नेपाललाइ स्वाधीन बनाउने बाटोमा अगाडि बढ्ने बताए। उनले भने अवस्था भन्दा पनि अहिलेको व्यवस्था फाल्ने बेला भएकोले सबै युवाहरूले एकपटक राष्ट्रिय मुक्ति क्रान्तिमा सामेल भएर यो व्यवस्था फालेर जनतालाइ मुक्तिको बाटोमा ल्याउन आग्रह गरे।

त्यस्तै सो पार्टीका नेता बसन्त बोगटीले युवाहरूले एकपटक देशको लागि स्वचने बेला भएकाले पार्टीबाट बिद्रोह गर्न बाध्य भएको बताए। पूर्व पार्टीका नेताहरूले क्रान्तिका कुरा गरेपनि क्रान्ति गर्ने कुनै छाट्काट नदेखिएपछि युवहरूले बिद्रोह गरेको बताए। पार्टी भित्र धेरै छलफल र बहसहरू भएपनि कुनै निष्कर्ष ननिसकेपछि युवाहरूले बिद्रोह गर्न पुगेको बताए।

उनले भने हाम्रो पार्टी जनताको रक्षा गर्न लालसेना भर्ती गर्ने योजना रहेको र लालसेना भर्ती खुल्ला गरिएको समेत नेता बोगटीले बताए। अबको नेतृत्व युवाहरूले गर्छन् त्यो युवहरूको नेतृत्व हाम्रो पार्टीले गर्छ अनि देश स्वाधीन र सम्पन्न बनाउन सबै युवाहरू लाग्ने बताए।

त्यस्तै अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका संयोजक कुरा घतानेले श्रमजीवीहरूले यो देशमा न्याय पाएका छैनन् अब यो पार्टीले श्रम गरेर खानेहरूलाइ न्याय दिलाउन हर प्रयास गर्ने बताए। उनले भने यो पार्टीले मदुर,किसान र श्रमिक वर्गलाइ न्याय दिनका निम्ति निर्माण गरिएको बताए। श्रमिकका माग पुरा नगर्ने जो कोहीलाइ छापामार शैलीमा कारबाही गरिने समेत चेतावनी दिए।

कार्यक्रममा स्वागत मन्तब्य सुनिता बुढाथोकीले राख्नु भएको थियो। उक्त कार्यक्रममा देशभरबाट कार्यकर्ताको उत्साह पूर्वक सहभागिता रहेको थियो।