साढे दुई महिनापछि काठमाडौं आइपुग्यो निगमको वाइड बडी विमान

फाइल तस्बिर

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइड बडी ३३० विमान काठमाडौं आइपुगेको छ। मर्मतका लागि असार ९ गते इटाली लगिएको ९ एन–एएलवाई अन्नपूर्ण विमान नियमित सी चेक मर्मतपछि साढे दुई महिनापछि आज बिहान काठमाडौं आइपुगेको हो।

पाँच जना चालक दलका सदस्यसहित इटालीको नेपल्सबाट आएको विमानले आजै साँझदेखि नियमित उडान गर्ने तालिका बनाइएको छ।

निगमले लामो दूरीका जापानको नारिता लगायत स्थानमा उडान नियमित हुने जनाएको छ। निगमका ठूला चारमध्ये अब तीन वटा विमानले नियमित सेवा दिनेछन्।