नेपाल कम्युनिस्ट पार्टीको संयोजकमा बोगटी र सह-संयोजकमा गजुरेल चयन
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट विभाजित भइ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बिद्राेही पार्टी गठन गरिएको थियो। पार्टीले देशभरबाट सहभागी भएका नेता कार्यकर्तालाइ प्रशिक्षण समेत दिएको सहसयोजक गजुरेलले जानकारी दिएका छन्।
नेपाल कम्युनिस्ट पार्टीलाइ मजुदुर,किसान र गरिखाने वर्गको एकमात्र पार्टी बनाउने लक्ष्यका साथ यो पार्टी निर्माण गरिएको सह-संयोजक गजुरेलले बताएका छन्। उनले भने पार्टी विभिन्न जिल्लामा निर्माण हुने क्रममा रहेकोले स्वाधीनताको पक्षमा रहेका सम्पूर्ण देशभक्त युवाहरूलाइ पार्टीमा समाहित गर्दै पार्टीलाइ थप बलियो बनाउदै लैजाने नेता गजुरेलले बताए।
पार्टीले यो भेलाबाट थप उर्जाका साथ देशभर संगठन विस्तार गरेर मुक्ति क्रान्तिलाइ व्यवस्थित बनाउदै छापामार युद्धसम्म जाने निर्णय गरेको नेता गजुरेलले बताए।
त्यस्तै भेलाकाे अध्यक्ष मण्डलमा इन्दीरा अधिकारी,कुमार घताने र विकल्प रहेका थिए भने विद्राेही नेताहरूमा शिलु न्याैपाने,तेज विक्रम शाही र सुनिता बुढाथाेकीलगायतकाे सहभागिता रहेको थियोे।