बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन

Oplus_0

काठमाडौं। जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको असामयिक निधन भएको छ। बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा उनको निधन भएको हो।

भदौ १३ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको जापानी इंसेफेलाइटिस रोगबाट पाण्डेको निधन भएको त्रिवि शिक्षण अस्पतालमा जनाएको छ।

पाण्डेको पार्थीव शरिरलाई अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ । पाण्डे ४० वर्षदेखि नेपालको वामपन्थी राजनीति, जनपक्षीय पत्रकारिता र प्रगतिवादी समालोचनाका क्षेत्रमा प्रखर, निर्भिक, अविचलित र सम्मानित प्रतिभा मानिन्छन्।

पाण्डे जनयुद्धका महान सहिद सुरज पाण्डेको बुवा हुन। उनी उत्थान साप्ताहिकको सम्पादकसमेत हुन। रुचिले वामपन्थी राजनीति र पेसाले जनपक्षीय पत्रकारिता अँगालेर अगाडि बढेका पाण्डेले नेपालको विभिन्न राजनीतिक परिवर्तनको ठुलो योगदान गरेका छन