ओली–देउवासँगै लतारिदै प्रचण्ड, भाग माग्न पुगे शरणमा

काठमाडौं।नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेका छन्।निरीह प्रचण्डको हालत खराब, भाग माग्न ओली–देउवाकै शरण

सत्ताविहीन भएपछि छटपटीमा रहेका प्रचण्ड यतिबेला सत्ताको अगाडि आत्मसमर्पणकै अवस्थामा पुगेका छन्। विपक्षमा बसेर कुनै पनि मुद्दा उठाउन नसकेका उनी विपक्षीलाई एक बनाउने अवसरबाट समेत चुकिरहेका छन्। अर्थात आफ्ना दोस्रो तहका नेता सत्ता पक्षसँग भिडाउने उनी भित्रभित्रै भने सहमतिको खेलमा देखिन्छन्।

उपसभामुख इन्दिरा राना मगरमाथि सत्तापक्षले राजीनामाका लागि दबाब बढाएपछि नेकपा माओवादीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई काँध थाप्यो।

माओवादी सांसदले उपसभामुख रानामाथि दुईतिहाइ बहुमतको बलले संवैधानिक निकायलाई खल्बल्याउन खोजेको दाबी गरे। सत्तारुढ दलले प्रमुख प्रतिपक्षी दललाई निषेध गर्ने नीति उपसभामुख हटाउने तयारीबाट सुरु गरेको दाबी गरेका उनीहरुले यसैलाई मुद्दा बनाएको देखिन्थ्यो।

सत्तारुढ दलको पछिल्लो कदमले प्रतिपक्ष दललाई एउटै थलोमा उभिन बाध्य पार्ने स्थितिमात्र नभएर मुद्दा समेत दिएको थियो। तर सत्ताविहीन भएपछि छटपटीमा रहेका माओवादी अध्यक्ष प्रचण्डले त्यसलाई क्यास गर्न सकेनन्।

बरु कांग्रेसको आन्तरिक मतभेदका कारण इन्दिरा जोगिँदा सत्तारुढ दलको यही अफ्ठ्यारो पनि उनले प्रयोग गर्न सकेका छैनन्। बरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका उनी हतार हतार संवैधानिक परिषदको बैठक बोलाएर आफ्नो भाग हात पार्ने दाउमा लागेका छन्।

बुुधबार सभामुख देवराज घिमिरेले नै संसदमा विवादित बनेको ‘हिंसा’को प्रसंग झिक्दा प्रतिनिधिसभाको बैठक नै स्थगित भयो। ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप–प्रत्यारोप चलिरहेको छ भने उनीहरु भिडन्तकै अवस्थामा छन्।

विशेषत दुबै पार्टीका दोस्रो तहका नेताहरु यो भिडन्तमा देखिँदा प्रचण्ड यसलाई समेत भागबन्डामा प्रयोग गरिरहेका छन्। अर्थात निरर्थक बहसमा आफ्ना नेता भिडाएका उनी भित्रभित्रै भने सत्तारुढ दलसँगै आत्मसमर्पणको अवस्थामा पुगेको देखिन्छ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन्। संविधान संशोधन र राजनीतिक स्थायित्वको एजेण्डासहित एमाले–कांग्रेस सत्तामा हुँदा उनीहरुकै कारण विपक्षीलाई मुद्दा मिलिरहेको छ। त्योभन्दा मुख्य कुरा त रक्षात्मक बनेको रास्वपा प्रयोग गर्न सकिने अवस्था छ भने समाजवादी मोर्चासमेत छ।

त्यो बाहेक प्रहरीमा भएको हस्तक्षेप,नखुलेका फाइलहरु,त्यस्तै सहकारीका विषयमा सत्तारुढ दलकै नेताहरुको नाम मुछिएको अवस्था माओवादीका लागि राजनीतिक अवसर बनिरहेको छ।

त्यस्तै सडक,सत्ता र सदनमै ओली घेराबन्दीमै छन्। तर यी सबैलाई अवसरका रुपमा प्रयोग गर्न नसकेका प्रचण्ड बाहिर सत्ता–प्रतिपक्षको भिडन्तको भाष्य निर्माण गर्ने र त्यसको फाइदा उठाउने बाटोमा लागेका छन्।

हुन त प्रतिपक्षको काम नै सरकारलाई सचेत गराउने हो। त्योभन्दा महत्वपूर्ण कुरा विपक्षमा रहनेको काम नागरिकलाई उत्तेजित बनाउने भन्दा सरकारलाई नैतिक दवाव दिने भएकोमा दुईमत छैन।

तर नागरिक र समसामयिक मुद्दामा भन्दा उनी नागरिकलाई उत्तेजित बनाउने बाटोमा अघि बढ्दा सत्तापक्ष समेत त्यसैमा खेलिरहेको छ। जसले बाहिर हेर्दा गरामागरम बहस र रस्साकस्सी देखिएपनि आम दृष्टिले हेर्दा ‘काले काले मिलेर खाउँ भाले’ भन्दा फरक नपर्ने देखिएको छ।

त्यस्तै आन्तरिक विवादमा फसेका प्रचण्ड कसरी हुन्छ पार्टी भित्र र बाहिर आफ्नो साख जोगाउन सकिन्छकी भनेर लागि परेका छन्। उनले केही समय अगाडि लगातार पार्टीमा दुइ वटा सरकुलर नै जारी गर्नु परेको थियो।

सो पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टीको बैठकमा फरक मत राखेपछि दबाबमा परेका प्रचण्ड कसरी हुन्छ पार्टीको नेतृत्व गरिरहने मनस्थितिमा देखिन्छन्। लामो समयदेखि नेतृत्वमै रहेका प्रचण्ड अझै आफु रहेसम्म पार्टीको नेतृत्व गरि रहने देखिएका छझन्।