आज यी तीन प्रदेशमा धेरै भारी वर्षाकाे सम्भावना

काठमाडौं।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर मनसुनी वायुको प्रभावसंगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ।

त्यसले गण्डकी, लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणदेखी पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि साधारणतया बदली रहने छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान पनि गरेको छ।

शुक्रबार रातिको सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखी पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ।

वर्षाको हकमा सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा राति हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने मनि महाशाखाको प्रक्षेपण छ।