स्वास्थ्य बीमा बोर्डका अध्यक्षले दिए राजीनामा

काठमाडौं। स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.गुणराज लोहनीले राजीनामा दिएका छन्। डा. लोहनीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाएका हुन्।

उनले शुक्रबार दिउँसो राजीनामा बुझाएका हुन्। स्वास्थ्य बीमा बोर्डले अस्पतालको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो।

उक्त विषयमा मन्त्री र मन्त्रालय सकारात्मक नभएपछि उनले राजीनामा दिएका हुन्।