बझाङमा भूकम्पको धक्का महसूस

काठमाडौं। बझाङ केन्द्रबिन्दु भएर भूकम्प धक्का महसूस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ः३६ बजेमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का बझाङसहित आसपासका क्षेत्रमा सामान्य महसूस भएको भूकम्प मापन केन्द्रले जनाएको छ।