आज राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरेर मनाइँदै छ ।

‘बालबालिकामा लगानी:सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज बाल दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा विभिन्न संघ संस्थाले आज कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ।