कांग्रेसले पढ्न छाडे, अलि पढ्ने कम्युनिष्टको पनि पठन हरायाे : नेता भट्टराई

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा काँग्रेस, कम्युनिष्ट सबै जेलमा हुँदा पनि पठ्ने गरेको तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको बताएका हुन्।

‘हिजोका हाम्रा साथीहरु त्यत्रो भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिष्ट सबै साथीहरु जेलमा पर्दा पनि सँगै अध्ययन गर्ने बानी थियो। पछि हामी जनयुद्धमा जाँदा पनि त्यत्रो मेहनत गरेर पढ्थ्यौं,उनले भने।

भट्टराईले अहिले राजनीतिक दलका नेता देखि कार्यकर्तासम्ममा पठन संस्कृती हराएको बताए।

काँग्रेसका साथीहरुले त पढ्नै छोडिहाल्नुभयो। कम्युनिष्टहरु अलि बढी जो पढ्ने हो। कम्युनिष्टहरु पनि अब कुनै खास फरक छैन । उहाँहरुले पनि पढाइलेखाइमा रुची राख्नुहुन्न, भट्टराईले भने।

वैकल्पिक ढंगले जानुपर्छ भन्नेहरुले अलिअलि मेहनत गर्न खोजे पनि नभइरहेको उनले बताए।

‘हामीले वैकल्पिक ढंगले जानुपर्छ, भन्नेहरु पनि अलिअलि मेहनत गर्न खोजेका छौँ तर हाम्रो पनि अरण्य रोदन जस्तो भइरहेको छ, उनले भने।