प्रचण्ड भन्दा देउवाको घेराबन्दीमा ओली,काँग्रेसले ठूलो भाग खोज्न थालेपछि दबाबै दबाबमा ओली
आर.एस. महतारा
काठमाडौं। नेपाली कांग्रेसको घेराबन्दीले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढ्दै गएको छ। प्रधानमन्त्री ओलीले विआफुरुद्ध अहिले घेराबन्दी गरिएको एक कार्यक्रम बताएका छन्। आरजु–देउवाले ठूलो भाग खोज्न थालेपछि ओली माथि थप दबाब बढ्दै गएको देखिन्छ।
प्रधानमन्त्री ओलीलाई प्रतिपक्षीको भन्दा सत्ता पक्षको हैरानीले हायल–कायल पारिरहेको छ। सत्ता समीकरण गरेकै दलहरूबाट घेराबन्दीमा परेका ओलीको प्राथमिकता कार्यसम्पादन भन्दा पनि कांग्रेसलाई रिझाउनु पहिलो प्राथमिकता भइरहेको छ।
नेपाली कांग्रेसलाई साथ लिँदै प्रधानमन्त्री बनेका ओलीलाई अहिले कांग्रेसकै घेराबन्दीले हैरान पारेको छ। सत्ता सहकार्य गरिरहेको कांग्रेसले प्रदेशदेखि केन्द्र सम्ममा नै पदको बार्गेनिङ गरेर ओलीमाथि दबाव दिईरहेको छ। कोशी प्रदेशमा पूर्वमुख्यमन्त्री केदार कार्कीले आफ्नै समर्थनमा बनेको सरकारलाई चुनौती दिँदै आमरण अनसन बस्न पुगे।
जसको समाधान ओलीले फोन नै गरेर खोज्नु प¥यो। केन्द्रमा पनि कांग्रेसलाई उपसभामुख दिलाउन ओलीले हैरानी खेपिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी इन्दिरा रानाको ठाउँमा कांग्रेस नेतालाई ल्याउन कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई दबाव दिई नै रहेको छ।
यता, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल पनि असोज २० मा सकिने हुँदा एमालेले सपना मल्ल प्रधानलाई अघि सार्ने तयारी गरेको छ। तर, वरियताका क्रमले कांग्रेस निकट मानिने प्रकाशमान सिंह राउतको नाम आउँदा यसमा सहमति जुटाउन पनि ओलीलाई दबाव नै छ।
सत्ता समीकरणमा रहेर मधेशमा मुख्यमन्त्री पाए पनि ओली–देउवाको प्राथमिकतामा नै नपरेपछि उपसभापति हटाउने विषयमा गठबन्धनकै दल ओलीको खिलाफमा छ।
उपसभामुख हटाउन दुई तिहाई अर्थात् १८४ मत आवश्यक रहँदा १८८ जनप्रतिनिधिसहित ४ बढी सांसद रहेको परिस्थितिमा ६ जना सांसद रहेको जनमत निर्णायक छ। दुई तिहाईका लागि अति आवश्यक पार्टी जनमत नै सरकारसँग असन्तुष्ट हुँदा प्रतिपक्षमा उभिएको छ।
यो सत्ता समीकरण नै परराष्ट्रमन्त्री अर्थात् देउवा पत्नी आरजु राणाकै कारणले बनेको हुँदा ओलीलाई आरजु रिझाउन परिरहेको छ। संयुक्त राष्ट्र सङ्घको महासभामा ओलीमात्रै जाने भने पनि अब आरजु प्रधानमन्त्री भन्दा अघि नै अमेरिका पुग्ने भएकी छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर शक्ति देखाएकी आरजुले नै ओलीलाई डोहो¥याईरहेको जानकारको बुझाई छ। देउवा दम्पत्तीको लपेटामा चपेटिका ओलीलाई सत्ता गठबन्धनबाट नै हैरानी खेपिरहनु परेको छ।
साथ दिन्छु भत्रेले नै असहयोग गर्दा ओली हायल कायल भएका छन्। अहिले कांग्रेसबाट संवैधानिक परिषद्मा एकजना पनि नरहेको अवस्थामा देउवाले प्रधानन्यायाधीश र उपसभामुख दुईटै हत्याउने खेलखेलिरहेका रचिरहेका छन्।
दुई तिहाईको जबरजस्त सरकार सञ्चालन र अनुभवले पजि तेस्रो पटक खारिएका प्रधानमन्त्री ओलीको प्राथमिकता जनतासँग जोडिएको मुद्दा हुनु पर्ने हो। तर, दुई तिहाईकै सरकारमा पनि सत्ता पक्षले हैरानी दिँदा उनले त्यसतर्फ सरकारको उपस्थित नै देखाउन सकेका छैनन्।
आफुलाई असफल पार्ने दुष्प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाइ निर्देशन दिए।