आज संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्।

उनले राष्ट्रसङ्घीय महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयबारे अग्रीम रुपमा संसदलाई जानकारी गराउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली आगामी असोज ४ गते अमेरिका प्रस्थान गर्दैछन्। यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।