पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पुनः हत्या प्रयास

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी नोभेम्बर ५ को चुनावका रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ । ट्रम्प लक्षित गोली चलेपनि उनी सुरक्षित रहेको बताइएको छ ।

समाचारहरुका अनुसार फ्लोरिडाको गल्फ कोर्सबाट ट्रम्प निस्किँदा उनी लक्षित गोली चलेको थियो । ट्रम्पको चुनावी अभियानका प्रवक्ता स्टेभेन चेयुङका अनुसार ट्रम्प सुरक्षित छन् । उनको नजिकै गोली चलेको अमेरिकी विश्व च्यानल सीएनएनले उल्लेख गरेको छ ।

यसअघि गत जुलाई १३ मा अमेरिकाको पेल्सिल्भेनियाको बट्लर क्षेत्रमा भएको चुनावी सभामा ट्रम्पलाई गोली हानिएको थियो । त्यतिखेर उनको कानको टुप्पोमा गोली लागेर पनि बाँच्न सफल भएका थिए ।