१० निर्माण कम्पनीलाई स्पष्टीकरण:कालोसूचीमा राख्ने तयारी

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।

विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएअनुसार कार्यालयले यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएको सोमबार प्रकाशित सूचनामा उल्लेख छ ।