सहकारी प्रकरण: धनराजमाथि अनुसन्धान गर्न सिफारिस

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि छानविन गर्न सिफारिस गरेको छ ।

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस् थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको कागजातहरूले देखाएको निष्कर्षसहित समितिले राज्यका निकायलाई छानविन गर्न पत्र लेख्ने सहमति गरेको हो ।

समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो ।

स्थलगत अनुमगन, सम्बन्धित व्यक्तिको बयान, कागजपत्र, डिभोर्स पेपर, त्यसपछि गरेको कारोबारले धनराजले दाबी गरेको सम्बन्ध विच्छेद नक्कली हो कि भन्ने आशङ्का पैदा भएको समितिको भनाइ छ ।

स्रोतका अनुसार प्राप्त प्रमाणका आधारमा गुरुङमाथि अनुसन्धान गर्न समितिले राज्यका निकायमा सिफारिस गर्ने सहमति भएको छ । सहकारी अपचलन सम्बन्धमा समितिले तयार पारेको प्रतिववेदन आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेश हुँदैछ।