फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम गरेको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ तोकेको छ।

अघिल्लो दिनको तुलनामा यो ५ सय रुपैयाँ बढी हो। आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १५ रुपैयाँ बढेको छ।

अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९१५ रुपैयाँ पुगेको छ।