कालापानीबारे विवादास्पद अभिव्यक्ति दिएका मेटमणिले बुझाए स्पष्टीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले स्पष्टीकरण बुझाएका छन्।

लिपुलेक कालापानी भारतको हो भन्ने विवादास्पद अभिव्यक्ति दिएका चौधरीले आज पार्टीलाई स्पष्टीकरण बुझाएका हुन् ।

भदौ २५ गते प्राइम टीभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानीमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिपछि पार्टी महासचिव घनश्याम भुसालले चौधरीलाई स्पष्टीकरण सोधेका थिए। उनले आफू राष्ट्रियताको बारेमा प्रष्ट रहेको भन्दै जवाफ फर्काएका छन् ।

उपमहासचिव चौधरीले स्पष्टीकरणका भनेका छन्, ‘मैले त्यो मनसायले भनेको होइन । केपी ओलीले महाकाली सन्धि गर्दा सीमाना नछुट्याएकाले महाकालीलाई सीमा मानेको छ तर रेखाङ्कन नगरेको हुनाले यो समस्या मैले प्रष्ट पार्न खोजेको थिएँ । यो भारतको भूमि हो भन्न मैले खोजेको होइन । म राष्ट्रियताको बारेमा कहिल्यै सम्झौता पनि गर्दिनँ भनेर पत्र बुझाउनुभएको छ।

महासचिव भुसालले चौधरीलाई ३ दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएका थिए।

उनले अन्तरवार्तामा लिपुलेक र कालापानी भारतले दाबी गर्छ । भारतको दाबी पुग्छ, उसको दाबी पुग्छ जस्ता अभिव्यक्ति दिएका थिए।