व्यवसायीले लुट्दै सर्वसाधारण,अनुगमनमा छैन् सरोकारवालाको ध्यान

काठमाडौं उपत्यकाभित्र या बाहिर रहेका अधिकांश खाजाघर, होटल–रेष्टुरेण्ट मापदण्डविपरीत सञ्चालित छ। सरकारको नीतिनियम नटेरीकन सञ्चालनमा आएका त्यस्ता व्यवसायले सरसफाइलाई ध्यान दिएका छन्। खाजाघरहरुले बासी खाना, खाजा बेचेको गुनासो पछिल्लो समय व्यापक सुनिन्छ। त्यसैगरी, बाहिर होटल र भित्र यौनधन्दा चलाउने काम पनि भइरहेको छ।

होटलहरुले व्यापक बालश्रम गराइरहेका छन् । ससाना बालबालिका होटलको सरसफाइ, भाडा माँझ्न राखिएको देखिन्छ । मिठाइ पसलहरुको हालत पनि उस्तै छ । सडेका, गलेका सामान बेच्न खान्छन् । मँहगो पैसा लिएर स्वास्थ्यलाई हानिकारक हुने खाद्यान्न खुलेआम बेचिरहेका छन् । तर, त्यस्ता होटल व्यवसायीलाई कारबाही गर्नमा सरकारको ध्यान छैन् । देशमा तीन तहको सरकार छ यद्यपि, तीनै तहको सरकारले अनुगमन गर्दैन् ।

आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई होटल सञ्चालकले यौन पेशामा लगाउने गरेका छन् । त्यस्ता होटल सञ्चालकहरु पक्राउ परेको भनि कहिलेकाँही समाचार प्रकाशित भइरहेको हुन्छ । तर, अनुगमन प्रभावकारी भएन् । उपत्यकाभित्रको अधिकांश होटलमा त्यस्तो धन्दा चलेको होला । सरकारले त सबै होटलमा अनुगमन गर्नुपर्यो, निगरानी राख्नुपर्यो ।

गलत कामको गरिबीले फाइदा उठाउन भएन् । खाजाघरहरु निकै दुर्गन्धित छन् । फोहोरै फोहार । कहिले सफा नगर्याझैं देखिन्छ । खाना पकाउने ठाउँ च्यापच्याप हुन्छ । भाडा माझ्ने ठाउँ पनि त्यस्तै । खाना पनि कतिदिन बासी हुन्छ । खसी भनेर बोकाको मासु पकाएर बेच्छन् । राँगा भनेर भैंसी । लोकल रक्सी भनेर स्वास्थ्य सिद्धयाउने पदार्थ बेचिन्छ । त्यो रक्सीमा के–के हाल्या हुन्छन् खोइ ?

सबैभन्दा धेरै फोहोर त मिठाइ पसल हुन्छ । मिठाइ पसलको किचन र मिठाइ बनाउने व्यक्ति देख्यो भने सायदै कसैले मिठाइ खाला । किचन त फोहोर हुन्छ । साथै, मिठाइ बनाउने व्यक्ति पनि । सरसफाइलाई रद्दीभर पनि ध्यान दिएको पाइँदैन् । मासु बेच्ने पसलहरु पनि उत्तिकै दुर्गन्धित हुन्छ । छेउमा गएर उभिनसमेत महामुश्किल छ । मरेका, गलेका, कुहिएका मासु बेच्छन् ।

सर्वसाधारणहरु सरकारले अनुगमन ठप्प पारेको गुनासो गर्छन् । किराना पसल होस् या सुपरमार्केट त्यहाँ अनुगमन छैन् । जसका कारण व्यापारीलाई व्यापक फाइदा भएको छ । म्याद गुज्रिएको सामानमा नयाा म्याद हालेर बेच्ने कार्य जारी नै छ । कम तौल, गुणस्तरहीन सामान बेचेर उपभोक्ता लुटिरहेका छन् । अधिकांश पसलको दर्ता छैन् । राज्यलाई कर तिर्दैनन् ।

तैपनि सर्वसाधारणलाई दिँउसै अध्याँरो पारेर ठगिरहेका छन् । जनप्रतिनिधि र सरकारी कर्मचारीलाई पैसाभन्दा ठूलो केही भएन् । मापदण्डविपरीत पाइएमा कमिशन लिन पुग्छन्, कारबाहीमा चासो छैन् । मुलुकको प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको अवस्थाबारे केही थाहा छैन् । आफ्नो विरोधमा जो आउँछ, उसलाई सिद्ध्याउनतर्फ मात्र उनी ध्याउन्न छन् ।

हाउडे भाषण ठोक्छन् । हालै उनले आफ्नो विरोधमा बोल्ने जनप्रतिनिधिलाई ठाउँमा ल्याउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । हुन त एमालेका नेता–कार्यकर्ताले ओलीलाई पहिलेदेखि नै ‘गुण्डा’ भन्थे । उनले त्यो प्रमाणित गरिदिएका छन् । देशको प्रधानमन्त्रीले उनले बोल्ने शब्द बोल्दैनन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर हामी २०८४ को मिशनमा छौं भनिरहेका छन् ।

अहिले नै पदमा भएकालाई के ८४ मिशन ? काम गर्ने भए अहिले गरेर देखाए भईगो । जनता अल्मलाउन ८४ भनिरहनै पर्दैन् । अहिले केही नगरेको व्यक्तिले ८४ मा गर्छ ? अब जनताले काँग्रेस र एमालेलाई भोट दिनैहुन्न । यस्ताले अलिअलि बाँकी बचेको देश पनि सकाइदिन्छन् । दशैंपछि ठूलो आन्दोलन हुने देखिन्छ । के थाहा ८४ सम्म यिनीहरु देशमा रहने हुन् कि हैनन् ?

जनतालाई भाषण हैन्, काम गर्ने व्यक्तिको खाँचो परेको छ । विकृति–विसङ्गति, भ्रष्टाचार, मँहगी, अनियमितताबाट निकाल्ने नेतृत्व चाहिएको छ । दशैं आइसक्यो । अब तीन साता मात्र बाँकी छ । तर, बजार अनुगमनमा सरोकारवालालाई चासो छैन् । प्रधानमन्त्री ओली बजार अनुगमन गर्न सरोकारवालालाई निर्देशन दिँदैनन् । हुन त बेफुर्सद भएर पनि होला । काठमाडौं महानगरका मेयर बालेन साहको विरोध गर्दै उनलाई भ्याइनभ्याइ छ ।

अनि के निर्देशन दिन्थें ? व्यापारीले सयको सामान पाँच सयमा बेचेर ठगिरहेका छन् । हरेक सामानको मिसावट छ । मँहगो मूल्य तिरेर विषादीयुक्त सामान खान बाध्य छन् सर्वसाधारण । पानीमा समेत केमिकल मिसाइएको पाइन्छ । जमिनमूनिको पानी केमिकल मिसाएर बजार पठाइएको छ । जहाँ पनि उपभोक्ता लुटिएका छन् । सर्वसाधारणले पैसा तिरेर रोग निम्त्याइरहेका छन् ।

तर, प्रधानमन्त्रीलाई मतलब छैन् । होस् पनि किन ? उनी दिनहुँ हजारौं रुपैयाँको पानी पिउँछन् । त्यो पनि कुन देशको हो ? मरे सर्वसाधारण मर्ने त हो भन्ने सोच अहिलेको सरकारमा देखिन्छ । दुई ठूला दल मिलेर बनेको सरकार असफल देखिसकेको छ । केही काम गर्न सकेको छैन् अहिलेको सरकारले । अब जनताको घरमा कसरी भोट माग्न जान्छ ? अनि जनताले यिनीहरुलाई के आधारमा भोट दिन्छन् ?

ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई कसलाई राजदूत बनाउने ? कसलाई सरुवा बढुवा गर्ने ? कहाँबाट कमिशन उठाउने ? ठेक्कापट्टा कुनचाँहि निर्माण व्यवसायीलाई दिने ? बस् यति मात्र ध्यान छ । माओवादी अध्यक्ष प्रचण्ड पनि काँचुलीभन्दा छिटो रंग फेर्छन् ।

उनको नौटंकी सबैले बुझेका छन् । हिजो दाउरा सुरुवाल लगाउने प्रचण्ड आज झुत्रो सर्ट लगाएर हिँड्छन् । हुन त जनतालाई देखाउनुपर्यो ।
प्रचण्डसँग ओली र देउवाको विरोध गर्ने आँट छैन् ।

उनीहरु देख्नेबित्तिकै सर्ल्याकसुर्लुक परिहाल्छन् । समाजवादीका अध्यक्ष माधव नेपाल अचानक नेता बनेका हुन् । बैंकका कर्मचारी उनमा नेता हुने क्षमता पनि देखिँदैन् । हुन त बैंकका कर्मचारीलाई कसरी नाफा खाने र घुस लिने भन्ने मात्र हुन्छ । जनताको नारा लगाएर पदमा आयो अनि उनीहरुलाई नै दुःख दियो ।

अब प्रधानमन्त्रीले कि म जनताको अभिभावक होइन् भन्नुपर्यो कि अनुगमन गर्न निर्देशन दिनुपर्यो । सर्वसाधारण मर्कामा परेका छन् । सरकारलाई मतलबै छैन् । व्यापारीले उपभोक्ता ठग्ने, राजनीतिक दलले व्यापारीबाट चन्दा उठाएर पार्टी चलाउने । व्यापारीले जतिसुकै ठगेपनि सरकारले किन अनुगमन गर्दैन् ? यो प्रष्टै छ । चन्दा उठाएको छ अनि हात बाँध्नैपर्यो, मुखमा बुझो लगाउनैपर्यो ।

धनीलाई यहाँ सँधै दशैं हो । तर, गरिबलाई त वर्षदिनमा आउने चाड हो । त्यतिबेला पनि राम्रो सामान पाउँदैनन् । त्यही कुहिएको, सडेको, गलेको सामान खान बाध्य हुन्छन्, उपभोक्ता । यसअघि पनि ओली पटकपटक प्रधानमन्त्री बनिसके। यद्यपि, सिन्को भाँचेनन् । काँग्रेस र एमालेले विगतदेखि राज्यको ढुकुटी दोहन गर्दै आएको छ । त्योबाहेक अरु केही अपेक्षा नगरेपनि हुन्छ।

सरकारले अहिलेसम्म अग्रिम टिकट बुकिङ खोल्न चासो देखाएको छैन् । तीन साता मात्र बाँकी हुँदा त सरकारले छलफल गरेको छैन् भने कहिले गर्छ ? अब त गुड्ने र उड्ने दुवैको ठगीभन्दा चल्छ । पाँच सयको बाटोमा तीन हजार तिर्न बाध्य हुन्छन्, सर्वसाधारण। सरकार केही गर्दैन्। सरकारले गैरजिम्मेवारीपनका कारण यो वर्षपनि धेरैले ज्यान गुमाउनुपर्ने देखिन्छ।

किन कि जिल्ला जाने सबै गाडी थोत्रा, पुराना हुन्छन्। त्यसमा पनि कोचाकोच गरेर यात्रु हालिन्छ। अनि सवारी दुर्घटना हुने भैगो। जनता आशे भए । त्यसैले कुनै फेरबदल भएन्। ओलीसँग काम क्षमता छैन् भन्ने स्पष्ट हुँदाहुँदै पनि यस्तालाई चुनिएर पठाइन्छ।