अभ्युदय बहुउद्देश्यीय सहकारी संस्थाको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवन।अभ्युदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रा लि को गौरवमय रजत जयन्तीको अवसरमा पाँच दिने विविध किसिमका कार्यक्रम अन्तर्गत आज खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारीको सभापतित्वमा आयोजित समारोहमा स्वागत मन्तव्य रक्तदान कार्यक्रममा संयोजक विनोदबाबु तिमिल्सिनाले उपस्थित सबै सबैमा हृदयदेखि आभार एवम् कार्यक्रम सफलताको शुभकामना दिए। कार्यक्रमको सहजीकरण संस्थाका सचिव राजिव ओझाले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उप महामन्त्री हरिप्रसाद न्यौपानेले बोल्दै रक्तदान जीवनदान भएकोले सबै खालको भ्रमबाट मुक्त भई रगत दान गर्ने हो भन्दै संस्थाले रजत जयन्तीको अवसरमा रक्तदान कार्यक्रम राखेकोमा शुभकामना दिए।

कार्यक्रममा अतिथि नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा सभापति शिव प्रसाद सापकोटाले शुभकामना मन्तव्य राख्दै कार्यक्रमको गरिमा र रक्तदान आफैंमा उत्कृष्ट कार्यको प्रदर्शन भएको बताए।

कार्यक्रमका अतिथि जिल्ला सहकारी संघका कोषाध्यक्ष पदमपाणि सुवेदीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे। कार्यक्रममा प्राविधिक टोलीलाई संस्थाका उपाध्यक्ष कृष्णराज सुवेदी, कोषाध्यक्ष सपना शर्मा सहसचिव विष्णु दवाडी लगायत कार्यसमितिका सदस्यहरुले सहजताको भूमिका प्रस्तुत गरेका थिए।

कार्यक्रममा कार्यक्रममा अतिथिहरु संस्थापक अध्यक्ष एवम् सल्लाहाकार संयोजक नवराज चापागाईं, लेखापरीक्षण सुपरिवेक्षण समिति संयोजक दामोदर सुवेदी, रक्तसञ्चार केन्द्रका विश्वनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा १२ महिला र ४२ पुरुष गरी चौवन्न जनाले रक्तदान गरेको संस्थाका सचिव राजीव ओझाले जानकारी दिए। उक्त कार्यक्रममा भरतपुर महानगर वडा नं ४ आनन्दपुरका तिलक बहादुर सापकोटाले ९७ औं पटक रक्तदान गरेका छन्।

संस्थाका सल्लाहाकार प्याब्सन चितवनका पूर्व अध्यक्ष लेखनाथ खनाल, मुक्ति प्रसाद अधिकारी लगायत उपस्थित कार्यक्रममा प्रमुख अतिथि हरि प्रसाद न्यौपाने, पदमपाणि सुवेदी, विश्वनाथ सापकोटालाई संस्थाको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो।

कार्यक्रममा सभापति कृष्ण प्रसाद भण्डारीले समापन मन्तव्य राख्दै कार्यक्रममा सहभागी सबैलाई सधन्यवाद कार्यक्रममा कुशलतापूर्वक सहभागी हुन आग्रह गरे। अभ्युदय बहुउद्देश्यीय सहकारी संस्था प्राइभेट लिमिटेडको कार्यालय भरतपुर महानगर वडा नं ५ आनन्दपुर परिसरमा संस्थाका शेयर सदस्यहरु लगायतका स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।