नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता रिहाइ

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका ७ जना नेता कार्यकर्ता रिहाइ भएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिबाट कालो झण्डा देखाएर संविधान दिवसको विरोध गर्ने क्रममा पक्राउ परेका थिए।

उनिहरूलाई ९ घण्टापछि प्रहरीले हिरासत मुक्त गरेको पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेलले जानकारी दिए। हाम्रा नेताहरूलाई कठपुतली ओली सरकारले पक्राउ गरेर दुख दिन खोजेपनि राष्ट्रिय मुक्ति क्रान्ति थप स्थापित भएको बताए।

हामीले हाम्रा साथीहरूलाई पक्राउ परेदेखि अहिलेसम्म हिरासतबाट मुक्त गर्न संयोजक र मैले धेरै कोशिस गरेर अहिले राति भएपनि सफल भएको बताए।

हिरासतबाट आज मुक्त भएका छौं तर हामीले यस्ता हिरासत धेरै पटक बस्ने दिन आउन सक्छन् देश र जनताको पक्षमा लडाइँ लड्दा भ्रष्ट,दलाल र माफियाहरूको सरकारले हामीलाई दमन र गिरफ्तार गर्न सक्छ नेता गजुरेलले भने।

उनले भने साम्राज्यवादृ र घरेलु प्रतिक्रियावादको राजनीतिक र आर्थिक प्रभुत्वबाट यो देशलाई मुक्त गर्ने हाम्रो लडाइँ भर्खर सुरू भएको छ। अब हामीले मुक्ति क्रान्तिलाई थप व्यवस्थित बनाउँदै देश र जनताको पक्षमा काम गरेर भ्रष्ट र दलालहरूलाई कारबाही गर्ने बताए। 

रिहाइ हुनेमा पार्टीकी मध्य कमान्ड र जबसका कमरेडहरू, सुनिता बुढाथोकी,केन्द्रीय सदस्यीयहरू क. विद्रोही, क. प्रकाश, क. मोज, क. समिर, क. धर्ती, क. मोहनलगायतलाई अहिले रिहाइ गरिएको छ। दिउँसो ‘संसद भवन’ बानेश्वरकाे गेट अगाडिबाट कालो झण्डा देखाउने क्रममा उहाँहरूलाई प्रहरीले  गिरफ्तार गरेको थियोे।