बहुमतले पारित भयो सुदूरपश्चिम प्रदेश सरकारको बजेट

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले भदौ ३१ गते पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आज (आइतबार)प्रदेश सभाबाट बहुमतले पारित भएको हो।

छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए। तर आज भने बजेट बहुमतले पारित भएको हो।