सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं।नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आइतबार भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो। एक सातामै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आइतबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि भदौ ३१ गते सुनको मूल्यले प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँको रेकर्ड बनाएको थियो।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी यस दिन १९२० रुपैयाँ कायम भएको छ।