क्रिकेटर सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ। उच्च अदालत पाटनले नाबालिका बलात्कारको आरोप लागेका सन्दीपलाई सफाइ दिएको थियो।

मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो।

त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो। अब क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सामना गर्नुपर्ने हुन्छ।