मलाई पक्राउ गर्न दशैं कुर्नुपर्दैन: रवि लामिछाने

फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफू नडराएको दाबी गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले साढे २ वर्षसम्म एक्लो व्यक्तिलाई सरकारले लखेटिरहेकोमा गुनासो पोख्दै सहकारी ठगी प्रकरणमा आफू सघाउन तयार रहेको बताएका हुन्। साढे २ वर्षसम्म एउटै व्यक्तिलाई लखेट्ने ?मलाई समातेर पीडितलाई न्याय हुन्छ ? उनले भनेका छन्।

गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको बचत रकम अपचलनको आरोपमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ पर्नुको कारण पनि आफूविरुद्ध केही प्रमाण पाइन्छ की भन्ने हेतुले जोशीलाई पक्राउ गरेको उनको भनाई छ। प्रमाण ल्याए आफूलाई पक्राउ गर्न दशैं कुर्नु नपर्ने पनि बताएका छन्।