चट्याङ लागेर झापामा एकजनाको मृत्यु

काठमाडौं। चट्याङ लागेर झापाको दमकमा एकजनाको मृत्यु भएको छ। दमक-४ मा ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको हो।

स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने क्रममा रहेका उनलाई गएराति १० बजे भान्सा कोठा अगाडि उभिएको अवस्थामा चट्याङ लागेको थियो।

उपचारका क्रममा दमक अस्पतालमा राति ११.३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।