छोरा-बुहारीको कुटपिटबाट बुवाको मृत्यु

सिरहा। सिरहामा छोरा बुहारीको कुटपिटबाट बुवाको मृत्यु भएको छ। औरही गाउँपालिका–३ खजनपुर टोलकम ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार घरायसी विवादमा सोमबार साँझ छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए।

छोरा बुहारीको कुटपिटबाट गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी सापकोटाले बताए।

कुटपिट लगतै प्रहरी चौकी औरहीबाट गएको टोलीले छोरा शैलेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।