सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।

जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले जनाएको छ। अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो।

जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो । यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ५१५ रुपैयाँ कायम भएको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो।