सिटिजन्स बैंकको लाभांश घोषणा

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैंकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बोनस शेयर घोषणाका लागि बैंकले ५६ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ। त्यस्तै, नगद लाभांशका लागि २ करोड ९८ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ। यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ बैंकले जनाएको छ।

बैंक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणमा प्रतिशेयर ४।३४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको उल्लेख गरेको थियो। त्यसमध्ये अधिकांश रकम लाभांशको रुपमा वितरण गर्न लागेको हो।