४९ अंकले नेप्से बढ्दा ४ अर्ब ८१ करोडको कारोबार
काठमाडौं । साताको चौंथो कारेबार दिन बुधवार सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले बढेको छ। २४७३ बिन्दुबाट सुरु भएको कारोबार ४९ अङ्कले बढ्दै परिसूचक २५१९.५७ बिन्दुमा उक्लिएको हो।
बजार बढ्दा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो ।
२१० कम्पनीको मूल्य बढ्दा ३० को घट्यो भने ४ को स्थिर रह्यो। ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो।
विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो।
माथिल्लो मैलुङखोला जलविद्युतको ९.५४, कुथेली बुकरी स्मल हाइड्रोको ८.३, आत्मनिर्भर लघुवित्तको ८, सिनर्जी पावरको ७.७ तथा रुरु जलविद्युतको मूल्य ७.४ प्रतिशत बढ्यो ।
हिमालयन हाइड्रोपावरको ६.३ तथा स्वरोजगार लघुवित्तको ६.१ प्रतिशत मूल्य घट्यो।