आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स‍ंयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार आज बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने भएका हुन्।

त्यसअघि बिहानी सत्रमा ९ देशका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रसंघले जनाएको छ। त्यसपछि दिउँसो सत्रमा पहिलो वक्ताको रुपमा प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, बेरोजगारी, गरिबी निवारण लगायतका विषय उठाउने तयारी गरेका छन्। महासभामा सहभागी गत असोज ४ गते न्युयोर्क गएका प्रधानमन्त्री ओली द्विपक्षीय साइडलाइन भेटवार्तामा व्यस्त छन्।