तीन असईसहित २४ प्रहरीलाई कारबाहीको चेतावनी

काठमाडौं। प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

आफूखुसी गैरहाजिर भएको र खोजतलास गर्दा पनि सम्पर्क हुन बसकेको भन्दै प्रहरी मुख्यालयले तीन जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हबल्दार र १९ जना प्रहरी जवानलाई सार्वजनिक सूचना निकालेर सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो।

उपस्थित हुँदा गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन भनिएको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना–