स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गर्दैछ।निर्वाचन आयोगले तयार पारेको कार्यतालिका अनुसार आज १० गतेदेखि १६ गतेसम्म दल दर्ता र २० गते दल दर्ता स्वीकृत हुनेछ।

निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार आगामी कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, आगामी मङ्सिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन र मङ्सिर १६ गते मतदान हुनेछ।