इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ। पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा,कबिर बुढाथोकी उर्फ रियाज,रोमन कार्की छन्।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बोहरा र बुढाथोकी ठगी मुद्दा फरार थिए। रोमन कार्की बलात्कार मुद्दा फरार थिए।