सुन हालसम्मकै महँगो, प्रतितोला कति ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। पाँच दिनदेखि लगातार बढिरहेको सुन आज प्रतितोला तीन सय रुपैयाँ बढेर अहिलेसम्मकै सर्वाधिक महँगो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीनसय रुपैयाँ बढेर एक लाख ६० हजार सात सय कायम भएको छ। हिजो (बुधबार) सुनको मूल्य एकलाख ६० हजार चारसय रुपैयाँ थियो।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।