सुनको मूल्य हालसम्मकै उच्च,कतिमा हुँदैछ कारोबार?

काठमाडौं। आज शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ। बिहीबार १ लाख ६० हजार ७०० मा कारोबार भएको सुनको मूल्य शुक्रबार १ लाख ६१ हजार २०० तोकिएको छ । यो हालसम्मकै उच्च मूल्य हो । पछिल्लो समय सुनको मूल्यमा हरेक दिन रेकर्ड कायम हुन थालेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य सुनको मूल्य घटबढ हुनुमा आन्तरिक बजारको कुनै भूमिका हुँदैन । उनले भने,यतिबेला अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएको छ।

ङयसले गर्दा लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन्।यसका साथै रसिया–युक्रेन, इजरायल–प्यालेस्टिन लगायत मुलुकको तनाबले पनि सुनको मूल्यमा प्रभाव पारेको छ।

शुक्रबार चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज पनि बिहीबारकै मूल्य प्रतितोला १ हजार ९५५ मा कारोबार भइरहेको छ।