सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस

काठमाडौं। सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस भएको छ। शुक्रबार बसेको न्याय परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन्। निरौला सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार हुन्। उनी मुख्यरजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त भएका थिए।

पाण्डेय अहिले उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीश छन्। उनी गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए।