सहकारी प्रकरण: दिल्लीमा पक्राउ परेका मेयरलाई काठमाडौं ल्याइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा भारतको दिल्लीमा पक्राउ परेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका ५१ वर्षीय नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो ।

प्रहरीका अनुसार मेयर नेपालीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको छ ।

उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए।