पहिरोले पुरिएर सेनाका कर्णेल केसीको मृत्यु

काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल मिलन केसीको मृत्यु भएको हो।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव केसीले साथीहरुसँग घुम्न सिन्धुलाल्चोक पुगेका उनको पहिरोमा पुरिएर मृत्यु भएको हो।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ बिमरेनी जंगल नजिकको सिन्धु बिच रिसोर्टमा बसेका थिए।

पहिरो आएर साथीहरू पुरिएपछि उद्धार गर्न भनेर गएका उनी पनि पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए।