कांग्रेस संसदीय दलको बैठक आह्वान

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले दिएको जानकारी अनुसार बैठक मङ्गलवार दिउँसो २ बजेका लागि बोलाइएको हो। बैठक वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्ने उनले बताए।

बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ ।

समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो‚ खतिवडाले भने।