नेप्से ४४ अंकले बढ्यो, परिसूचक २५०८ बिन्दुमा

काठमाडौँ । सोमबार (आज) सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि देखिएको छ । २४६६ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बिच २५०८.८६ बिन्दुमा उक्लिएको हो ।

आज परिसूचक भारी अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । कुल ३१९ कम्पनीको ९७ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । यसअघि केही दिनको कारोबार रकम ४ अर्बभन्दा बढी थियो।

आज २१० कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो।

आज सीईडीबी जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै कुमारी सबल योजना, यूनाइटेडलगायत कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ।