प्रधानमन्त्रीले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दैछन्।

आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको पत्रकार सम्मेलन तय भएको हो।

अमेरिका भ्रमण र बाढी पहिरोको क्षतिको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर काठमाडौं आइपुगेको भोलिपल्टै उनले पत्रकार सम्मेलन बोलाएका हुन्।