बढ्यो सुनचाँदीकाे मूल्य,कतिमा हुँदैछ काराेबार?

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँ तोकेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार थियो । गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९३५ रुपैयाँ कायम भएको छ।