आज मिति २०८१ साल असोज १७ गते बिहीबार पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ-आज कुनै नँया कामको थालनी गर्नुभए राम्रो हुन्छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । पढाइमा केहि वृद्धि हुने देखिन्छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो-अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । कसैसँग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नुपर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ, घर परिवारमा केहि मनमुटाव पनि होला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन । ब्यर्थै समयको नाश होला ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा-मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । ब्यापार तथा जागिरमा दिन ठिकै छ । नँया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो-चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । पाहुनाको आगमन होला । प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको पनि योग रहेको छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे-परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ। मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो-खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, एकदमै सजक रहनु होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते-आज तपाइको धन लाभको योग छ, पढाइमा प्रगती होला । साथै दिन खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भएपनि सफल हुनेछ, दिन रमाइलो दिन छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु-आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धन लाभको योग छ । नँया साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे-हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नँया काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । कृषिको कामबाट विशेष लाभ होला । आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ । लेनदेको काम पनि नगरेकै बेश होला ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि-स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ। टाढाको यात्रा आज नगर्नु होला, व्यर्थको खर्च होला। स्वास्थ्यमा गडबडीको सम्भावना छ, खानामा एकदमै सजक रहनु होला । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा-आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छ, सचेत रहनुहोस् । साथै मनमा केहि दुविधा पनि रहला । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि-कमाइ सोचे अनुरुप हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्चभन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । बैदेशिक क्षेत्रको लगानी फाइदै होला । कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ।