अखिल क्रान्तिकारीको स्थगित सम्मेलन मंसिर २३ र २४ गते हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको स्थगित भएको २३ औं राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने भएको छ।

शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले १६ असोजमा स्थगित भएको अधिवेशन २३ र २४ मंसिरमा गर्ने निर्णय गरेको हो।

यसअघि १० असोजमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको अधिवेशनमा विवाद भएपछि बीचैमा स्थगित भएको थियो।