जनताको अपेक्षाअनुसार परिवर्तन गर्न आएका हौं: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एउटा राजनीतिक दल आफूलाई सत्तामा पुग्नमात्रै तयार गर्ने परिपार्टीलाई परिवर्तन गर्ने ध्येयले रणनीतिक रुपमा पार्टीका विभागहरुलाई सक्रिय बनाएको बताएका छन् ।
शनिबार चितवनमा आयोजित ‘दुग्ध क्षेत्रको विकास’ विषयक नीति-मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले जनताले परिवर्तन गरेको अपेक्षा अझै अधुरै रहेकाले आफूहरू राजनीतिमा आएको बताए ।
‘एउटा राजनीतिक दल आफूलाई सत्तामा पुग्नमात्रै तयार गर्ने परिपार्टीलाई परिवर्तन गर्ने ध्येयले हामी रणनीतिक रुपमा विभागहरुलाई सक्रिय पारिररहेका छौं ।
जनताले परिवर्तनको अपेक्षा गरेका छन्’, उनले भने, ‘सत्ता र पात्र परिवर्तनको घटना हामीले हे¥यौं, तर त्यस पछाडिको रुपान्तरणको प्रक्रिया अधुरै रहेको छ । त्यसैले हामीले भ्रातृ संगठनलाई सक्रिय नबनाइ विभागहरुलाई सक्रिय बनाउने नीति बनाएका छौं ।
जनताले बहुमत प्राप्त गरेर सरकारको नेतृत्वमा पुग्दा पार्टीका विभागहरुले सहयोग गर्ने उनको भनाइ छ । उनले किसान लक्षित गर्दै नीति बनाउन पार्टीले नीति मन्थन कार्यक्रम राखेको बताए।